nmb bank

गृहपृष्ठ थप २२६ जनामा कोरोना पुष्टि, कति पुग्यो सक्रिय संक्रमितको संख्या ?

थप २२६ जनामा कोरोना पुष्टि, कति पुग्यो सक्रिय संक्रमितको संख्या ?

थप २२६ जनामा कोरोना पुष्टि, कति पुग्यो सक्रिय संक्रमितको संख्या ?

पछिल्लो २४ घण्टामा थप २२६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ४ हजार ११ जनाको परीक्षणमा २२६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ ।

मन्त्रालयका अनुसार १ हजार ५२५ जनाको पीसीआर परीक्षण गर्दा १४५ जना र २ हजार ४८६ जनाको एन्टिजेन परीक्षण गर्दा ८१ जनामा संक्रमण देखिएको छ । योसँगै कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ३ हजार २३५ पुगेको छ ।

यसमध्‍ये ३ हजार ८६ जना होम आइसोलेसनमा रहेका छन् भने १४९ जना संस्थागत आइसोलेसन र ४४ जना आइसीयूमा छन् । यस्तै ५ जनाको भेन्टिलेरमा राखेर उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा २२३ जना संक्रमणमुक्त भएका छन् ।

प्रकाशित समय : १८:३१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु