nmb bank

गृहपृष्ठ नेपालको टी-२० वरीयता घट्यो, भारत शीर्ष स्थानमा

नेपालको टी-२० वरीयता घट्यो, भारत शीर्ष स्थानमा

नेपालको टी-२० वरीयता घट्यो, भारत शीर्ष स्थानमा

नेपालको टी-२० अन्तर्राष्ट्रिय क्रिकेटको वरीयता घटेको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसीसी)ले जारी गरेको नयाँ वरीयताअनुसार नेपालको टी-२० वरीयता एक स्थान घटेको हो ।

नयाँ वरीयतामा नेपाल १५औं स्थानमा झरेको छ । अघिल्लो वरीयतामा नेपाल १४औं स्थानमा थियो । वरीयता घटेसँगै नेपालले सन् २०२४ मा वेस्ट इन्डिज र अमेरिकामा आयोजना हुने टी-२० विश्वकपमा सिधै छनोट हुने सम्भावना कठिन बन्दै गएको छ ।

सन् २०२४ को टी-२० विश्वकपमा वरीयताको शीर्ष १२ टोलीले सिधै विश्वकपमा स्थान बनाउने छन् । एकदिवसीयमा नेपाल १९औं स्थानमा रहेको छ । टी-२० को नयाँ वरीयतामा भारत शीर्ष स्थानमा रहेको छ । इंग्ल्यान्ड दोस्रो र पाकिस्तान तेस्रो स्थानमा रहेको छ ।

यस्तै दक्षिण अफ्रिका चौंथो, न्युजिल्याण्ड पाँचौं, अष्ट्रेलिया छैटौं, वेस्ट इन्डिज सातौं, श्रीलंका आठौं, बंगलादेश नवौं र अफगानिस्तान दशौं स्थानमा छ ।

प्रकाशित समय : १९:०२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु