global ime bank Long Banner Ad

गृहपृष्ठ दादुराको उच्च जोखिम रहेका जिल्लामा खोप अभियान

दादुराको उच्च जोखिम रहेका जिल्लामा खोप अभियान

दादुराको उच्च जोखिम रहेका जिल्लामा खोप अभियान 1150281200

काठमाडौँ ।स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले दादुराको उच्च जोखिम रहेको जिल्लामा दादुराविरुद्धको खोप अभियान सञ्चालन गरेको छ । स्वास्थ्य सेवा विभागका बाल स्वास्थ्य तथा खोप शाखा प्रमुख डा अभियान गौतमले दादुरा देखिएका नौ जिल्लामा ‘दादुरा महामारी प्रतिकार्य खोप अभियान’ सञ्चालन गरिरहेको हो ।

जाजरकोट, सुर्खेत, कालीकोट, महोत्तरी, बागलुङ र सिराहा ‘दादुरा महामारी प्रतिकार्य खोप अभियान’ सञ्चालन गरिरहेको  उक्त अभियान यही हप्तासम्म सञ्चालन हुनेछ । त्यस्तै सर्लाहीमा यसअघि खोप अभियान सञ्चालन गरिसकिएको छ भने अछाम र दैलेखमा दुई जनामा मात्र दादुरा देखिएकाले तत्काल खोप अभियान सञ्चालन गर्नु नपरेको खोप शाखा प्रमुख डा गौतमले बताए।

दादुराको उच्च जोखिम रहेका छ महिनादेखि १५ वर्षसम्म उमेर समूहका बालबालिकामा खोप अभियान सञ्चालन गरिएको शाखा प्रमुख डा गौतमले बताए। बागलुङ छ महिनादेखि २० वर्षसम्म उमेर समूह र जाजरकोटमा छ महिनादेखि २४ वर्षसम्म उमेर समूहलाई खोप दिइएको उनले जानकारी दिए । यी दुई जिल्लामा १५ वर्षभन्दा माथिकामा पनि दादुरा देखिएकाले २४ वर्ष उमेर समूहलाई खोप दिइएको उनले बताए।

“दादुरा अत्यन्तै सङ्क्रामक रोग हो । एक जना सङ्क्रमित व्यक्तिले १८ जनासम्मलाई सङ्क्रमण सार्न सक्दछ । त्यसैले सङ्क्रमण फैलिएको क्षेत्रमा द्रुत रूपमा खोप अभियान सञ्चालन गरी बालबालिका तथा समुदायलाई सुरक्षित बनाउने प्रयास भइरहेको छ”, खोप शाखा प्रमुख डा गौतमले भने ।

प्रकाशित समय : १०:३५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु