गृहपृष्ठ केन्यासँग नेपाल ७ रनले पराजित
केन्यासँग नेपाल ७ रनले पराजित
केन्या भ्रमणमा रहेको नेपाली क्रिकेट टिम आज चौथो टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा घरेलु टोलीसँग ७ रनले पराजित भएको छ ।
नैरोवीस्थित जिमखाना क्लब मैदानमा केन्याका कप्तान शेम एनगोचेले टस जितेर ब्याटिङ गर्ने निर्णय गरेका हुन् । केन्याले निर्धारित २० ओभरमा सबै विकेट गुमाएर १०१ रन बनाएको थियो । १०२ रनको लक्ष्य पछ्याएको नेपालले ९ विकेट गुमाएर ९४ रन मात्र जोड्न सक्यो ।
पाँच खेलको टी-२० अन्तर्राष्ट्रिय श्रृंखलामा केन्याले २-२ को बराबरी गर्यो । आइतबार सम्पन्न तेस्रो खेलमा चार विकेटको विजय हासिल गरेपछि नेपालले २-१ को अग्रता लिएको हो । नेपाल पहिलो खेलमा पनि पाँच विकेटले विजयी भएको थियो । दोस्रो खेलमा भने नेपाल केन्यासँग १८ रनले पराजित भएको थियो ।
दोस्रो खेल हारेसँगै टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा वरीयता सुधार गर्ने लक्ष्यसहित केन्या पुगेको नेपाली टोलीलाई धक्का लागेको छ ।
प्रकाशित समय : १९:३६ बजे


















