गृहपृष्ठ सनराइज बैंककाे थप ४ शाखारहित बैंकिङ सेवा विस्तार
सनराइज बैंककाे थप ४ शाखारहित बैंकिङ सेवा विस्तार
सनराइज बैंक लिमिटेडले थप चार शाखारहित बैंकिङ सेवा विस्तार गरेको छ ।
बैंकको ९२औं र ९३औं शाखारहित बैंकिङ सेवा कल्याणपुर नगरपालिका वडा नं. ३ इटारी प्रसाही, सिरहामा र रौतहट जिल्लाको फतुवा विजयपुर नगरपालिका वडा नं. १० दुधिअवामा विस्तार भएकाे हाे । यसैगरी सिराहा जिल्लाको लहान नगरपालिका वडा नं. १८ शोभापुरमा ९४औं शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको छ ।
यसका साथै भदाै १० गते बैंकले झापा जिल्लाको झापा गाउँपालिका वडा नं. ६, शरणामतीमा ९५औं शाखारहित बैंकिङ सेवाको सुरुवात भएको हाे । बैंकिङ सेवाको माध्यमबाट बचत तथा भुक्तानीका लागि शाखा कार्यालय नभएको ठाँउबाट समेत शाखारहित बैंकिङ सेवाअन्तर्गत एटीएम कार्डमार्फत कारोबार गर्न सकिने बैंकले जनाएको छ ।
यस सेवाबाट ग्राहकले निक्षेप सकंलन, रकम भुक्तानी, रकम स्थानान्तरण, बिल भुक्तानीजस्ता सेवाहरु लिन सकिने बैंकले जनाएको छ । कृषि र रेमिट्यान्स प्रमुख आयस्रोत रहेको सो क्षेत्रका बासिन्दाहरुमा बैंकिङ पहुँच बढाउने उद्देश्यका साथ बैंकिङ सेवा सुरु गरेको बैंकले जनाएको छ ।
प्रकाशित समय : १९:४४ बजे



















