गृहपृष्ठ सामसङको ‘ग्यालेक्सी ए१३’ नेपालमा आउँदै
सामसङको ‘ग्यालेक्सी ए१३’ नेपालमा आउँदै
सामसङको ए सिरिज परिवारको नयाँ सदस्य नेपालमा छिट्टै रिलिज हुँदैछ । सामसङ ग्यालेक्सी ए१३, सामसङको उच्च गुणस्तरको नवीनताबाट निर्मित फोन हो ।
सामसङ हरेक मूल्य बिन्दुमा उत्कृष्ट फोनहरू उपलब्ध गराउन प्रतिबद्ध रहेको छ र ग्यालेक्सी ए१३ले लामो समयसम्म चल्ने ब्याट्री, सुन्दर ४ वोटा-लेन्स क्यामेरा र आकर्षक एज-टु-एज डिस्प्लेको साथ यो प्रवृत्ति जारी राखेको छ ।
यी सबै सुविधाहरूले ए१३लाई कन्टेन्ट बनाउनेहरूका लागि र विशेष गरी नयाँ उदीयमान प्रतिभाहरूका लागि उपयुक्त उपकरण बनाउँछ । यसको शक्तिशाली मल्टि-क्यामेरा प्रणालीले तस्बिर र भिडियोहरू खिच्न धेरै सुविधाजनक बनाउँछ, र यसको सिस्टमले प्रदान गर्ने विशाल स्टोरेज वृद्धिले यो फोनलाई तपाईंको टिममा एक उत्कृष्ट सदस्य बनाउँछ ।
‘फोनको स्क्रिनले प्रस्तुत गरेको सम्मताले सम्पादन गर्ने काम वा तपाईंको टिक्टोकमा स्क्रोल गर्न कामलाई पनि धेरै सुविधाजनक बनाउँछ,’ कम्पनीले भनेको छ, ‘तपाईंले अन्ततः आफ्नो फोनमा लोड गरिने ती सबै डाटा र सबै फाइलहरूको सुरक्षाको बारेमा पनि चिन्ता गर्नु पर्दैन, ग्यालेक्सी ए१३ सामसङको विशेष Knox Security सँग सुसज्जित छ । त्यसैले शान्तिमा थप कन्टेन्टहरू बनाइराख्नुहोस्, ग्यालेक्सी ए१३ले तपाईंको सुरक्षाको जिम्मा लिएको छ ।’
ग्यालेक्सी ए१३ उदीयमान कन्टेन्ट बनाउनेहरूका लागि उत्कृष्ट विकल्प हुनेछ जसले आफ्नो उत्कृष्ट टिकटक कन्टेन्टको लागि बजेटअनुकूल तर सुविधाले भरिएको फोन खोजिरहेका छन् ।
प्रकाशित समय : १९:५७ बजे



















