गृहपृष्ठ लिबियाको राजधानी त्रिपोलीमा पुन: हिंसा, १२ को मृत्यु, ८७ जना घाइते
लिबियाको राजधानी त्रिपोलीमा पुन: हिंसा, १२ को मृत्यु, ८७ जना घाइते
लिबियाको राजधानी त्रिपोलीमा पुनः हिंसा भड्किएको छ । सो हिंसामा परेर कम्तीमा पनि १२ जनाको ज्यान गएको छ भने अरु ८७ जना घाइते भएका छन् ।
लिबियाकाे स्वास्थ्य मन्त्रालयले सो कुराको जानकारी दिएको छ । त्रिपोलीमा शनिबार विद्रोहीहरुले आक्रमण गरेका बताइएको छ । सो हिंसामा परेर त्यहाँका अस्पतालमा पनि क्षति पुगेको छ । त्यस्तै कतिपय मेडिकल सेन्टरमा पनि आगजनी भएको स्वास्थ्य मन्त्रालयले जानकारी गराएको छ । त्यहाँका सरकारी फौजमाथि लिबियाका विद्रोहीहरुले हमला गरेका बताइएको छ । यसबाट राजधानी त्रिपोलीको मध्य क्षेत्रका कतिपय सरकारी भवनहरुमा पनि क्षति पुगेको बताइएको छ ।
शनिबार भएको विद्रोहीहरुको आक्रमणबाट मारिनेमा सर्वसाधारण नागरिक पनि परेका बताइएको छ । सो आक्रमणको संयुक्त राष्ट्रसंघीय मिसनले विरोध गरेको छ । लिबियामा रहेको संयुक्त राष्ट्रसंघीय मिसनले यहाँका विद्रोहीहरुको आक्रमणबाट भएको क्षतिको विरोध गर्दै शान्ति प्रक्रियाबाट नै सबै समस्याको समाधानका लागि आग्रह गरेको छ ।
प्रकाशित समय : १४:१६ बजे



















