गृहपृष्ठ नेपाल इन्स्याेरेन्सद्वारा संस्थापक समूहको सेयर लिलामीमा बिक्री खुला
नेपाल इन्स्याेरेन्सद्वारा संस्थापक समूहको सेयर लिलामीमा बिक्री खुला
नेपाल इन्स्याेरेन्सले आज बुधबारदेखि संस्थापक समूहको सेयर लिलामीमा बिक्री खुला गरेको छ ।
कम्पनीले २१ लाख ५७ हजार ६ सय १५ कित्ता सेयर लिलामीमा बिक्री खुला गरेको हो । यसमा प्रतिकित्ता सेयरको न्यूनतम मूल्य ३ सय २५ रुपैयाँ तोकेको छ । त्यसैले, लगानीकर्ताले ३ सय २५ रुपैयाँलाई आधार मानेर सोभन्दा बढी मूल्य कबोल गरी बोलपत्र पेश गर्नुपर्नेछ ।
यसमा कम्पनीकै संस्थापक सेयरधनी, अन्य कोही व्यक्ति, कम्पनी तथा विभिन्न संघ संस्थाहरुले भदौ २२ गतेसम्म आवेदन दिन सक्नेछन् । यसमा बिक्री प्रबन्धकको काम ग्लोबल आइएमई क्यापिटलले गर्नेछ ।
प्रकाशित समय : १४:२२ बजे



















