काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

नेपाल इन्स्याेरेन्सद्वारा संस्थापक समूहको सेयर लिलामीमा बिक्री खुला

9.05K
shares

नेपाल इन्स्याेरेन्सले आज बुधबारदेखि संस्थापक समूहको सेयर लिलामीमा बिक्री खुला गरेको छ ।

कम्पनीले २१ लाख ५७ हजार ६ सय १५ कित्ता सेयर लिलामीमा बिक्री खुला गरेको हो । यसमा प्रतिकित्ता सेयरको न्यूनतम मूल्य ३ सय २५ रुपैयाँ तोकेको छ । त्यसैले, लगानीकर्ताले ३ सय २५ रुपैयाँलाई आधार मानेर सोभन्दा बढी मूल्य कबोल गरी बोलपत्र पेश गर्नुपर्नेछ ।

यसमा कम्पनीकै संस्थापक सेयरधनी, अन्य कोही व्यक्ति, कम्पनी तथा विभिन्न संघ संस्थाहरुले भदौ २२ गतेसम्म आवेदन दिन सक्नेछन् । यसमा बिक्री प्रबन्धकको काम ग्लोबल आइएमई क्यापिटलले गर्नेछ ।