गृहपृष्ठ ‘ग्लोकल टिन हिरो २०२२’मा डिशहोमको पार्टरसिप

‘ग्लोकल टिन हिरो २०२२’मा डिशहोमको पार्टरसिप

‘ग्लोकल टिन हिरो २०२२’मा डिशहोमको पार्टरसिप

ग्लोकल टिन हिरो नेपालको आठौँ संस्करणमा डिशहोमले पार्टनरसिप गरेको छ । नेपाल भरका किशोरकिशोरीहरुले समाजमा गरेको प्रभावकारी कार्यलाई कदर गर्दै र उनीहरुको प्रतिभा र उत्साहलाई प्रेरित गर्न ग्लोकल टिन हिरो आयोजना गरिँदै आएको छ ।

नेपालभरबाट विभिन्न विधाबाट सहभागी ६ सय ४८ किशोरकिशोरीले आवेदन दिएकामध्ये ६ जना प्रतिस्पर्धी ग्लोकल टिन हिरो २०२२ को फाइनलमा पुगेका छन् । आगामी सेप्टेम्बर १ का दिन सोल्टी होटलमा हुने सम्मेलन र अवार्ड कार्यक्रममार्फत ग्लोकल टिन हिरो २०२२ नेपाल विजेताको नाम घोषणा गरिने आयोजकले जनाएको छ ।

वाइवाइ ग्लोकल टिन हिरोका अन्तिम ६ प्रतिस्पर्धी यस प्रकार छन्:

आशिष शाह, धनुषा (शिक्षा प्राविधिक)
विमर्ष पौडेल, चितवन (चलचित्र निर्माता)
दर्शना रिजाल, मोरङ (महिला अधिकारकर्मी)
निश्चल सिंह विष्ट (अछाम, इकोप्रेनेउर)
राहुल रञ्जन शाह, धनुषा (खगोल विज्ञानप्रेमी)
सृजना गौतम, मोरङ (सामाजिक कार्यकर्ता)

प्रकाशित समय : १४:३७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु