गृहपृष्ठ विद्युतीय गाडीको आयात बढ्यो, पहिलो महिनामै २११ वटा विद्युतीय गाडी भित्रिए

विद्युतीय गाडीको आयात बढ्यो, पहिलो महिनामै २११ वटा विद्युतीय गाडी भित्रिए

विद्युतीय गाडीको आयात बढ्यो, पहिलो महिनामै २११ वटा विद्युतीय गाडी भित्रिए

सरकारले पेट्रोलियम पदार्थबाट सञ्चालन हुने सवारी साधनको आयात रोकेपछि विद्युतीय गाडीको आयात वृद्धि भएको छ । चालू आवको पहिलो महिनामै २११ वटा विद्युतीय गाडी भित्रिएका छन् । सरकारले पहिलो महिनामा २१ करोड विद्युतीय गाडीबाट भन्सार उठाएको छ ।

अघिल्लो वर्षको साउनमा १०५ वटा मात्रै विद्युतीय गाडी आयात भएको थियो । अघिल्लो आर्थिक वर्षमा १८ सय भन्दा धेरै विद्युतीय गाडी आयात भएको थियो ।

चालू आवको पहिलो महिनामा मोटरसाइकलको आयात पनि घटेको छ । पहिलो महिनामा १८ हजार ७ सय २४ मोटरसाइकल तथा स्कुटर आयात भएका छन् ।

अघिल्लो आवको सोही अवधिमा ३० हजार ८ सय २१ वटा मोटरसाइकल तथा स्कुटर आयात भएको थियो । यस अवधिमा कूल एक खर्ब ४६ अर्ब नौ करोड ५७ लाख बराबरको वैदेशिक व्यापार भएको छ ।

प्रकाशित समय : ०७:०१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु