गृहपृष्ठ बाबुरामको पार्टी कार्यालय सुविधानगरमा
बाबुरामको पार्टी कार्यालय सुविधानगरमा

डा.बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नेसपा) को केन्द्रीय कार्यालय सुविधानगर तीनकुनेमा खोलिएको छ ।
भट्टराईले सोमबार पार्टी केन्द्रीय कार्यालय सुविधानगरमा खोलेको जानकारी दिए ।
उनले पार्टीका पाँच प्रतिबद्धता पनि सार्वजनिक गरेका छन् । उनका अनुसार नेसपाको पाँच प्रतिबद्धतामा समावेशीता, संघीयता, सुशासन, समृद्धि र समाजवाद हुन् ।
जसपासँग असन्तुष्ट रहँदै बाबुरामले छुट्टै पार्टी गठन गरेका हुन् । उनको पार्टीले माओवादी केन्द्रको चुनाव चिह्न हँसिया हथौडा लिएर आगामी निर्वाचनमा उम्मेदवारी दिने भएको छ ।
प्रकाशित समय : १८:११ बजे