global ime bank Long Banner Ad
Global IME

गृहपृष्ठ ‘ज्योति रेमिट्यान्स दुई गुणा डिपोजिट’ खाता : ६५ महिनामै डबल

‘ज्योति रेमिट्यान्स दुई गुणा डिपोजिट’ खाता : ६५ महिनामै डबल

‘ज्योति रेमिट्यान्स दुई गुणा डिपोजिट’ खाता : ६५ महिनामै डबल

ज्योति विकास बैंकले रेमिट्यान्स प्राप्त रकमलाई मुद्दति खातामा बचत गरि ६५ महिनामै डबल हुने ‘ज्योति रेमिट्यान्स दुई गुणा डिपोजिट’ मुद्दति खाता सञ्चालनमा ल्याएको छ ।

विदेशमा गरिएको मेहनतको कदर गर्दै बैंकले रकम डबल प्राप्त हुने मुद्दति योजना सार्वजनिक गरेको हो । व्यक्तिगत ग्राहकहरुलाई लक्षित गरी ल्याइएको उक्त डबल मुद्दति खाता न्यूनतम मौज्दात १० हजार वा सोभन्दा बढी रकम जम्मा गरी खोल्न सकिन्छ । सो खाता बैंकको सम्पूर्ण शाखा कार्यालयबाट तथा विदेशमा रहेका ग्राहकहरूद्वारा अनलाइनबाटै भिडियो केवाइसी अपडेट गरि सञ्चालनमा ल्याउन सकिने बैंकले जनाएको छ ।

यसका साथै, यस खातामा ग्राहकलाई आवश्यक परेको खण्डमा साँवा रकमको ९० प्रतिशतसम्म ऋण सुविधाको व्यवस्था पनि छ । यो योजना २०७९ भदौ महिनासम्मको लागि लागू हुने बैंकले जनाएको छ ।

प्रकाशित समय : १९:११ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु