गृहपृष्ठ काठमाडौं-८ बाट सुमन सायमि चुनाव लड्ने
काठमाडौं-८ बाट सुमन सायमि चुनाव लड्ने
काठमाडौं क्षेत्र नम्बर ८ बाट सुमन सायमिले प्रतिनिधि सभा सदस्य निर्वाचनमा उम्मेदवारी दिने भएका छन् ।
उनले मंसिर ४ मा हुने निर्वाचनमा प्रतिनिधि सभातर्फ काठमाडौं क्षेत्र नम्बर ८ बाट उम्मेदवारी दिने औपचारिक घोषणा गरेका छन् ।
उनले आफू प्रतिनिधि सभा सदस्य निर्वाचनमा स्वतन्त्र रूपमा उम्मेदवारी दिने आज घोषणा गरेका हुन् ।
काठमाडौंको नेवा भाषा, संस्कृति र यहाँका रैथानेहरूको भूमि संरक्षणसम्बन्धी मुद्दामा आन्दोलन गर्दै आएका सायमि प्रतिनिधि सभा सदस्य निर्वाचनमा उम्मेदवार बन्न लागेका हुन् ।
उनी गत वैशाख ३० मा भएको स्थानीय चुनावमा काठमाडौं महानगरपालिकामा मेयर उठेका थिए ।
आँखीझ्याल (तिकिझ्याः) चिह्न लिएर उठेका उनी १३ हजार ७ सय ७० मत ल्याएर पराजित भएका थिए ।
प्रकाशित समय : ०९:३५ बजे



















