nmb bank

गृहपृष्ठ हर्क साम्पाङले सार्वजनिक गरे सय दिनका काम

हर्क साम्पाङले सार्वजनिक गरे सय दिनका काम

हर्क साम्पाङले सार्वजनिक गरे सय दिनका काम

धरान उपमहानगरका मेयर हर्क साम्पाङ राईले करिब सय दिनमा गरेका कामहरू सार्वजनिक गरेका छन् । मेयर भएपछि एक सय दिनभित्र के-के काम गरियो भन्ने प्रश्न सोध्नेलाई जवाफ भन्दै उनले १३ वटा कामका विवरण सार्वजनिक गरेका छन् ।

मेयर राईले बिहीबार आफ्नो फेसबुक पेजबाट सार्वजिनक गरेका कामका विवरणमा श्रम संस्कृति क्रान्ति आफूले सुरू गरेको उल्लेख गरेका छन् ।

उनले खानेपानी धरान ल्याउन, वृक्षारोपण गर्नलगायत काममा स्थानीय बासिन्दाको श्रमदानलाई प्राथमिकता दिँदै आएका छन् ।

‘नेपालमा श्रम संस्कृतिको क्रान्ति सुरू गरेँ । चार ठाउँबाट खानेपानीको मुहान थप गरेँ। व्यापक जनपरिचालन र सामुदायिक सहभागीता जुटाएँ । छ लाख विरुवा रोपें । सरसफाइमा देखिने सुधार ल्याएँ,’ राईले कामका विवरण सार्वजनिक गर्दै उल्लेख गरेका छन् ।

यस्तै उनले प्रशासनिक सुधार ल्याई शान्ति सुरक्षामा पनि सुधार ल्याएको दाबी गरेका छन् । ‘जलविद्युतको सफल परीक्षण गरी बगरमा बत्ति बालें । बाटो मर्मत सम्भार, तटबन्धन, विपद व्यवस्थापन, लागुऔषध विरुद्धको अभियान सुरू गरेँ । योजनाहरुका लागि बजेटको जोहो गराएँ,’ उनले भनेका छन् ।

साथै पारदर्शी हिसाबकिताब राखेर सार्वजनिक गरेको, पालिकाका सेवामा तीव्रता र प्रष्टता ल्याइदिएको, शिक्षा, स्वास्थ्य संस्थाहरुमा सुधार ल्याएको दाबी उनको छ । राई स्वतन्त्र उम्मेदवारी दिई धरानको मेयर निर्वाचित भएका थिए ।

प्रकाशित समय : ०९:२५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु