nmb bank

गृहपृष्ठ माओवादी केन्द्रको महासचिवमा देव गुरुङ !

माओवादी केन्द्रको महासचिवमा देव गुरुङ !

माओवादी केन्द्रको महासचिवमा देव गुरुङ !

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेता देव गुरुङलाई महासचिव बनाउने तयारी गरेका छन् । बुधबार बसेको स्थायी समिति बैठकले पदाधिकारी र स्थायी समितिका सदस्य बिहीबार टुंग्याउने निर्णय गरेको थियो ।

माओवादी उच्च स्रोतका अनुसार प्रचण्डले बिहीबार महासचिवमा देव गुरुङको नाम घोषणाको तयारी गरेका छन् ।

माओवादीको महासचिवमा नेताहरु जनार्दन शर्मा र वर्षमान पुन आकांक्षी थिए । तर प्रचण्डले ती दुईमध्ये कुनै एक जनालाई महासचिवको जिम्मेवारी दिँदा अर्को नेतासँग सम्बन्ध बिग्रन सक्ने आकलन गरी तेस्रो विकल्प खोजी गरेको माओवादी स्रोत बताउँछ ।

प्रकाशित समय : ०६:२६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु