गृहपृष्ठ सेयर बजारमा झिनाे गिरावट, १ अर्ब ४० करोडको कारोबार
सेयर बजारमा झिनाे गिरावट, १ अर्ब ४० करोडको कारोबार
सेयर बजारमा आज निकै झिनो अंकको गिरावट देखिएको छ । नेप्से परिसूचक ०.३६ अंकले घटेकाे हाे । सेन्सिटिभ सूचक भने ०.२८ अंकले बढेकाे छ ।
आज कुल २२० कम्पनीको सेयर किनबेच हुँदा १ अर्ब ४० करोड ५९ लाख रुपैयाँकाे कारोबार भएको छ । दिनभरिमा २६ हजार १९९ पटकको कारोबारमा ३४ लाख ९७ हजार ८८१ कित्ता सेयर बिक्री भएको हो ।
बुधबार लगानी, जीवन बिमा, अन्य, व्यापार र होटल तथा पर्यटन समूहको सूचक रातो रहे पनि बाँकी हरियो छन् । आज १०२ कम्पनीको सेयर मूल्य बढेको छ भने ६९ वटाको घटेको छ । त्यस्तै १४ वटाको उही मूल्यमा कारोबार भएको छ ।
आज श्वेत गंगा हाइड्रोपावरका लगानीकर्ताले १० प्रतिशत कमाएका छन् । यस्तै, मन्दाकिनी हाइड्रो, अपर हेवीखोलाको सेयर मूल्य ९.९९ प्रतिशत बढेको छ । यस्तै, बुधबारका दिन सामलिङ पावर कम्पनीको सेयर मूल्य ५.१४ प्रतिशत घटेको छ । आज पनि रिडी पावरको २ लाख ८६ हजार ८६० कित्ता सेयर १ हजार १४८ पटक किनबेच हुँदा १८ करोड ४३ लाख ११ हजार ८९८ रुपैयाँ बराबरको कारोबार भएको छ ।
बुधबार बैंकिङ समूह ०.२८ प्रतिशत, ट्रेडिङ समूह ०.१८ प्रतिशत, होटल एण्ड टुरिज्म समूह ०.०१ प्रतिशत, अन्य समूह ०.२२ प्रतिशत, जीवन बिमा समूह ०.४८ प्रतिशत र इन्भेष्टमेन्ट समूह ०.२ प्रतिशत घटेको छ ।
यस्तै, विकास बैंक समूह ०.६१ प्रतिशत, हाइड्रोपावर समूह ०.६८ प्रतिशत, फाइनान्स समूह ०.४४ प्रतिशत, निर्जीवन बिमा समूह ०.४१ प्रतिशत, म्यानुफ्याक्चरिङ एण्ड प्रोसेसिङ समूह ०.०५ प्रतिशत, माइक्रोफाइनान्स समूह ०.०७ प्रतिशत र म्युचुअल फण्ड समूह ०.२ प्रतिशत बढेको छ ।

प्रकाशित समय : १५:३१ बजे


















