global ime bank Long Banner Ad

गृहपृष्ठ ‘वेकरिज द केक सप’ को आउटलेट काठमाडौंको शंखमुलमा

‘वेकरिज द केक सप’ को आउटलेट काठमाडौंको शंखमुलमा

‘वेकरिज द केक सप’ को आउटलेट काठमाडौंको शंखमुलमा

झापाको बिर्तामोडमा यसअघि सञ्चालनमा आएको ‘वेकरिज द केक सप’ को उद्योग र आउटलेट काठमाडौंमा पनि सञ्चालनमा आएकाे छ ।

युवा उद्यमीहरुको लगानीमा काठमाडौंमा सञ्चालन गरिएको उक्त उद्योग र आउटलेटमा ५० लाखको हाराहारीमा लगानी गरिएको छ । यो सप युवा व्यवसायीद्वय दिपेन्द्र राउत र सञ्जय महासेठले सञ्चालनमा ल्याएका हुन् । उक्त सपको उद्घाटन चर्चित गायक प्रमोद खरेलले गरेका छन् ।

‘फ्रेन्चाइज’ अवधारणामा सञ्चालनमा ल्याइने ‘वेकरिज द केक सप’को यो पहिलो आउटलेट हो । आउटलेटसँगै स्थापना गरिएको उद्योगमा उत्पादित सामग्रीहरु अन्य आउटलेटमा उपलब्ध गराउने सञ्चालक दिपेन्द्र राउतले जानकारी दिए ।

हाल काठमाडौं उपत्यकाका मूख्य चहलपहल भएका विभिन्न स्थानमा खोलिने आउटलेटलाई पुग्ने क्षमताका आधुनिक मेसिनहरुद्वारा केकजन्य सामग्री उत्पादन गरिने सञ्चालक राउतले बताए । ‘तत्काल काठमाडौंमा ५० सम्म आउटलेटलाई धान्ने क्षमताका पूर्वाधार र जनशक्ति हामीले तयार गरेका छौं,’ सञ्चालक राउतले भने, ‘आवश्कताअनुसार उद्योगको क्षमता र जनशक्ति थप्दै लगिनेछ ।’

‘वेकरिज द केक सप’को ब्राण्डेड केक प्रयोगले अवसरहरुलाई थप उल्लासमय बनाउन मद्दत पुग्ने विश्वास यो सपका सञ्चालकले लिएका छन् । यो सपले ‘वी सेलेब्रेट यु योर ह्यापीनेस’ स्लोगन तय गरेर सेवा सुरु गरेको हो ।

प्रकाशित समय : १५:३९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु