गृहपृष्ठ कांग्रेसका जनप्रतिनिधिलाई शेखरको चियापान

कांग्रेसका जनप्रतिनिधिलाई शेखरको चियापान

कांग्रेसका जनप्रतिनिधिलाई शेखरको चियापान

नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले जनप्रतिनिधिका लागि चियापान आयोजना गरेका छन् ।

पार्टीबाट स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिहरुको सम्मानमा चियापान कार्यक्रम आयोजना गरेका छन् । बत्तिसपुतलीको अनुपम फुडल्याण्डमा कोइरालाले आज बिहान चियापान आयोजना गरेका हुन् ।

नेपाली कांग्रेसले साउन ३० र ३१ गते ललितपुरको सानेपामा आयोजना गरेको दुई दिने अभिमुखीकरण कार्यक्रममा सहभागी हुन आएकाहरुका लागि कोइरालाले चियापान तथा भेटघाट कार्यक्रम आयोजना गरेको उनको सचिवालयले जनाएको छ ।

कार्यक्रममा पालिकाका अध्यक्ष/उपाध्यक्ष तथा प्रमुख/उपप्रमुखसहित कोइराला निकट नेता-कार्यकर्ताहरु सहभागी छन् ।

प्रकाशित समय : ०९:२३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु