बालेनलाई असफल बनाउने काम गर्नु हुँदैन : कमल थापा
वि.सं.२०७९ साउन ३१ मंगलवार १२:०८
shares

राप्रपा नेपालका अध्यक्ष कमल थापाले काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) साहलाई असफल बनाउने काम गर्न नहुने बताएका छन् ।
राजनीतिक दलहरू र साहबीच काठमाडौँको फोहोर व्यवस्थापनलाई लिएर आरोप प्रत्यारोप चलिरहेका बेला अध्यक्ष थापाले यस्तो प्रतिक्रिया दिएका हुन् ।
‘काठमाडौँका मेयर बालेन साह केही गरौँ भन्ने सोच भएका व्यक्ति हुनुहुन्छ । फोहोरमैला व्यवस्थापन उहाँको ठुलो चुनौती हो । त्यसबारे उहाँले एक वर्षभित्र दीर्घकालीन समाधान खोज्नुपर्छ । त्यतिञ्जेल विगतमा झै सबैले हरसम्भव सहयोग गर्नुपर्छ। फोहरमा राजनीति गर्ने र बालेनलाई असफल बनाउने काम गर्नु हुँदैन,” थापाले सामाजिक सञ्जाल ट्विटरमा लेखेका छन् ।
























