काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

९.०३ प्रतिशतले बढ्यो नेको इन्सुरेन्सको खुद नाफा

12.83K
shares

नेको इन्सुरेन्सले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तिय विवरण सार्वजनिक गरेको छ ।

कम्पनीले गत आर्थिक वर्षको चौथो त्रैमाससम्म ५५ करोड १ लाख २८ हजार रुपैयाँ खुद नाफा कमाएको छ । खुद नाफा अघिल्लो वर्षको तुलनामा ९.०३ प्रतिशतले धेरै हो । अघिल्लो वर्ष सोही अवधिमा यसको नाफा ५० करोड ४५ लाख रुपैयाँ रहेको थियो ।

यस्तै, कम्पनीको लगानी कर्जा तथा अन्य आयबाट हुने आम्दानी बढेको छ । जसले नाफा वृद्धिमा सहयोग पुगेको हो । कम्पनीको चुक्ता पुँजी १ अर्ब ७४ करोड ९८ लाख रुपैयाँ पुगेको छ ।

त्यसैगरी, कम्पनीको प्रतिसेयर आम्दानी ३१ रुपैयाँ ४४ पैसा रहेको छ भने प्रतिसेयर नेटवर्थ २११ रुपैयाँ ९० पैसा कायम भएको छ ।