गृहपृष्ठ ९.०३ प्रतिशतले बढ्यो नेको इन्सुरेन्सको खुद नाफा
९.०३ प्रतिशतले बढ्यो नेको इन्सुरेन्सको खुद नाफा
नेको इन्सुरेन्सले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तिय विवरण सार्वजनिक गरेको छ ।
कम्पनीले गत आर्थिक वर्षको चौथो त्रैमाससम्म ५५ करोड १ लाख २८ हजार रुपैयाँ खुद नाफा कमाएको छ । खुद नाफा अघिल्लो वर्षको तुलनामा ९.०३ प्रतिशतले धेरै हो । अघिल्लो वर्ष सोही अवधिमा यसको नाफा ५० करोड ४५ लाख रुपैयाँ रहेको थियो ।
यस्तै, कम्पनीको लगानी कर्जा तथा अन्य आयबाट हुने आम्दानी बढेको छ । जसले नाफा वृद्धिमा सहयोग पुगेको हो । कम्पनीको चुक्ता पुँजी १ अर्ब ७४ करोड ९८ लाख रुपैयाँ पुगेको छ ।
त्यसैगरी, कम्पनीको प्रतिसेयर आम्दानी ३१ रुपैयाँ ४४ पैसा रहेको छ भने प्रतिसेयर नेटवर्थ २११ रुपैयाँ ९० पैसा कायम भएको छ ।
प्रकाशित समय : १२:०१ बजे




















