गृहपृष्ठ पिपुल्स पावरको आइपीओ मंगलबारबाट खुला

पिपुल्स पावरको आइपीओ मंगलबारबाट खुला

पिपुल्स पावरको आइपीओ मंगलबारबाट खुला

पिपुल्स पावर कम्पनीले आज (मंगलबार) बाट सर्वसाधारणका लागि आइपीओ बिक्री खुला गरेको छ ।

कम्पनीले २४ करोड ६७ लाख ४० हजार रुपैयाँ बराबरको २४ लाख ६७ हजार ४०० कित्ता आइपीओ बिक्री गर्न लागेको हो । योमध्ये ५% अर्थात् १ लाख २३ हजार ३७० कित्ता सामूहिक लगानी कोष र २% अर्थात् ४९ हजार ३४८ कित्ता सेयर कर्मचारीका लागि छुट्याइएको छ । बाँकी २२ लाख ९४ हजार ६८२ कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सकिने कम्पनीले जनाएको छ।

यस्तै, लगानीकर्ताले यसमा न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्ताको लागि आवेदन दिन सक्नेछन् । यसमा भदौ ५ गतेसम्म आवेदन दिन सकिनेछ । सो अवधिमा सबै सेयर बिक्री नभएमा भदौ १४ गतेसम्म आवेदन दिन सकिनेछ । त्यसैगरी, बिक्री प्रबन्धकको काम प्रभु क्यापिटल लिमिटेडले गरेको छ ।

प्रकाशित समय : १२:१६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु