global ime bank Long Banner Ad

गृहपृष्ठ अमेरिकामा कामबाट निकालिएका १५ लाखद्वारा बेरोजगारी भत्ताको दावी

अमेरिकामा कामबाट निकालिएका १५ लाखद्वारा बेरोजगारी भत्ताको दावी

अमेरिकामा कामबाट निकालिएका १५ लाखद्वारा बेरोजगारी भत्ताको दावी

अमेरिकामा कामबाट निकालिएर वेरोजगारी भत्ताको दावी गर्नेहरुको संख्या १५ लाख पुगेको छ । अघिल्लो हप्तासम्म यसरी बेरोजगारी भत्ता दावी गर्नेहरुको संख्या अनेपेक्षित भएको अधिकारीहरुले बताएका छन् ।

अहिले पनि धेरै अमेरिकीहरुले जागिर गुमाउने क्रम जारी नै रहेको उनीहरुले जानकारी दिएका छन् । अर्थतन्त्र र बजारमा विस्तारै सुधार हुदै गएपनि रोजगारी गुमाउने क्रममा भने नरोकिएको हो ।

अमेरिकामा अहिले धेरै क्षेत्रमा व्यापारिक गतिविधिहरु आंशिक रुपमा भएपनि सञ्चालन हुँदै आएका छन् । श्रम विभागले सार्वजनिक गरेको पछिल्लो विवरण अनुसार कामबाट निस्काशित हुनेहरुको संख्या अहिलेसम्मकै धेरै देखिएको छ ।

विषेश गरेर रेस्टुरेन्ट, खुद्रा व्यापारहरु र साना व्यवसायमा कार्यरतहरु जागिरबाट निस्काशित भएको पाइएको अधिकारीहरुले बताएका छन् । उनीहरुलाई रोजगारदाताले फेरि बोलाउने अपेक्षा गरिएपनि निश्चित भने नभएको बताइएको छ ।

अमेरिकामा रोजगारी गुमाउनेहरुको सङ्ख्या दिनप्रतिदिन बढ्दै गएपछि बेरोजगारी भत्ता दिनु पर्ने बाध्यताले सरकार थप अफ्ठ्यारोमा परेको छ ।

व्यापार व्यवसाय घट्ने, बेरोजगारी बढ्ने र ठूलो रकम बेरोजगारी भत्ताको रुपमा वितरण गर्नुपर्ने बाध्यताले मुलुककै आर्थिक क्षमतामा असर पर्नसक्ने अनुमान गरिएको छ ।

प्रकाशित समय : १२:४९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु