गृहपृष्ठ गण्डकी प्रदेशमा थप ३७ जनामा कोरोना, संक्रमितको संख्या १८८ पुग्यो
गण्डकी प्रदेशमा थप ३७ जनामा कोरोना, संक्रमितको संख्या १८८ पुग्यो
गण्डकी प्रदेशमा थप ३७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । गण्डकी प्रदेशका चार जिल्ला स्याङजा, पर्वत, तनहुँ र नवलपुरमा ३७ जनामा कोरोना संक्रमण भेटिएको हो ।
स्याङ्जामा २२ जना, पर्वतमा १३ जना, तनहुँ र नवलपुरमा एक एक जनामा संक्रमण देखिएको स्वास्थ्य निर्देशनालय गण्डकीका निर्देशक डा. विनोद विन्दु शर्माले जानकारी दिए । यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको सख्या १८८ पुगेको हो । यी मध्ये १ जनाको मृत्यु भइसकेको छ भने ११ जनालाई निको भएर घर फर्किसकेका छन् ।
गण्डकी प्रदेशमा हालसम्म स्याङजामा ६० जना, बागलुङ जिल्लामा ४० जना, नवलपुरमा ३८ जना, गोरखामा १५ जना, पर्वतमा २२ जना, कास्कीमा ५ जना, तनहुँमा चार जना, म्यादीमा तीन जना र लमजुङमा एक जनामा कोरोना संक्रमण देखिएको छ । गण्डकी प्रदेशका ११ जिल्ला मध्ये मनाङ र मुस्ताङ संक्रमण सुन्य रहेको छ ।

प्रकाशित समय : १३:१२ बजे


















