global ime bank Long Banner Ad

गृहपृष्ठ एकै दिनमा थपिए एक लाख ४२ हजार संक्रमित, ३८ लाख ३९ हजारको सफल उपचार

एकै दिनमा थपिए एक लाख ४२ हजार संक्रमित, ३८ लाख ३९ हजारको सफल उपचार

एकै दिनमा थपिए एक लाख ४२ हजार संक्रमित, ३८ लाख ३९ हजारको सफल उपचार

विश्वभर कोरोना भाइरस संक्रमितको संख्या ७५ लाख नाघेको छ । गएको २४ घण्टामा मात्रै एक लाख ४१ हजार ९५० नयाँ संक्रमित थपिएपछि कुल संक्रमितको संख्या ७५ लाख ८९ हजार १०१ पुगेको हो ।

विश्व स्वास्थ्य संगठनका अनुसार अहिलेसम्म कोरोना भाइरस संक्रमणबाट ज्यान गुमाउनेको संख्या चार लाख २३ हजार ६९२ पुगेको छ । एकै दिनमा साढे पाँच हजारभन्दा बढी व्यक्तिको ज्यान गएको स्वास्थ्य संगठनले जनाएको छ ।

कुल संक्रमितमध्ये ३८ लाख ३९ हजार ३९९ जनाको सफल उपचार भएको छ भने ३३ लाखभन्दा बढीको उपचार भइरहेको छ त्यस्तै ५३ हजारभन्दा बढीको स्वास्थ्य अवस्था गम्भीर देखिएको छ । सबैभन्दा बढी प्रकोप फैलिएको अमेरिकामा २० लाख ८९ हजार व्यक्तिमा कोरोना संक्रमण देखिएको छ भने एक लाख १६ हजारभन्दा बढीको ज्यान गएको छ । त्यस्तै ८ लाखको सफल उपचार भएको छ भने ११ लाख ५७ हजारको उपचार भइरहेको छ ।

ब्राजिलमा कोरोना संक्रमितको संख्या आठ लाख नाघेको छ भने ४१ हजारले ज्यान गुमाएका छन् । वर्ल्डोमिटरको तथ्यांकअनुसार अहिलेसम्म ब्राजिलमा तीन लाख ९६ हजारको सफल उपचार भएको छ भने तीन लाख ६७ हजारको उपचार भइरहेको छ । रसियामा पनि कोरोना भाइरस संक्रमितको संख्या पाँच लाख नाघेको छ भने ६ हजारभन्दा बढीको ज्यान गएको छ । त्यस्तै दुई लाख ६१ हजार १५० जनाको सफल उपचार भएको छ भने दुई लाख ३४ हजारको उपचार भइरहेको छ ।

 

प्रकाशित समय : १४:२४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु