गृहपृष्ठ माओवादी केन्द्रको स्थायी कमिटी बैठक सुरु, यस्ता छन् एजेण्डा
माओवादी केन्द्रको स्थायी कमिटी बैठक सुरु, यस्ता छन् एजेण्डा
नेकपा (माओवादी केन्द्र)को स्थायी कमिटीको बैठक पार्टी कार्यालय पेरिसडाँडामा सुरु भएको छ ।
बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को जापान भ्रमण, चुनावी तयारी र सत्ता गठबन्धनबीच चुनावी भागवण्डाको विषयमा छलफल भइरहेको छ ।
सत्ता गठबन्धनलाई चुनावी भागबण्डामा सहमति जुटाउन सकस परिरहेको छ । गठबन्धनको कार्यदलले खोजेको सहमतिका आधारबारे दलहरुमा आन्तरिक छलफल सुरु भएको छ ।
यसै विषयमा केन्द्रित रहेर नेपाली कांग्रेसको पनि केन्द्रीय कार्यदलको बैठक आज बस्दैछ ।
प्रकाशित समय : १०:२६ बजे



















