global ime bank Long Banner Ad

गृहपृष्ठ मुग्लिन बजार नजिकैको नाग्दी खोलाबाट त्रिशूलीमा ट्रक खस्यो

मुग्लिन बजार नजिकैको नाग्दी खोलाबाट त्रिशूलीमा ट्रक खस्यो

मुग्लिन बजार नजिकैको नाग्दी खोलाबाट त्रिशूलीमा ट्रक खस्यो

मुग्लिन नजिकै त्रिशूली नदीमा ट्रक खसेको छ । इच्छाकामना गाउँपालिका–४ स्थित नाग्दी खोला भन्ने ठाउँबाट ट्रक त्रिशूली नदीमा खसेको हो ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रमुख एसपी नवराज अधिकारीका अनुसार त्रिशूलीमा खसेको ट्रकको केही भागमात्रै देखिएको छ ।

अहिले मुग्लिनबाट प्रहरी टोली घटनास्थल पुगेको एसपी अधिकारीले जानकारी दिए । ट्रक नदीमा डुबेकोले नम्बर खुलेको छैन । थप विवरण आउन बाँकी रहेको उनले बताए ।

प्रकाशित समय : ०९:४७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु