global ime bank Long Banner Ad
Global IME
nmb bank

गृहपृष्ठ कालीगण्डकी नदीले बगाउँदा वृद्ध बेपत्ता

कालीगण्डकी नदीले बगाउँदा वृद्ध बेपत्ता

कालीगण्डकी नदीले बगाउँदा वृद्ध बेपत्ता

तनहुँको देवघाट गाउँपालिका-५ बेणी संगमस्थित कालीगण्डकी नदीमा नुहाउने क्रममा शुक्रबार एक वृद्धलाई बगाउँदा बेपत्ता भएका छन् ।

यसरी बेपत्ता हुनेमा दोलखा जिल्ला बैधेश्वर गाउँपालिका-३ बस्ने ७६ वर्षीय जंगबहादुर खड्का रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । कालीगण्डकी किनारमा नुहाउने क्रममा अचानक नदीले बगाई बेपत्ता बनाएपछि तत्काल प्रहरी परिचालन गरी खोजलतास गरे पनि फेला पार्न नसकिएको प्रहरीले जनाएको छ ।

साँँझ अबेरसम्म प्रहरी टोलीले खोजतलास गर्दा फेला नपरेको र खोजी जारी रहेको तनहुँका डीएसपी युवराज खड्काले जानकारी दिए ।

प्रकाशित समय : ०८:२८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु