global ime bank Long Banner Ad
Global IME
nmb bank

गृहपृष्ठ महाकाली नदीमा बगेर दुई किशोरी बेपत्ता

महाकाली नदीमा बगेर दुई किशोरी बेपत्ता

महाकाली नदीमा बगेर दुई किशोरी बेपत्ता

महाकाली नदीमा बगेर शुक्रबार बैतडीका दुई किशोरी बेपत्ता भएका छन् । बेपत्ता हुनेमा दशरथचन्द नगरपालिका-८ का १६ वर्षीया कविता टमटा र १५ वर्षीया संगिता टमटा रहेको बैतडीका सहायक प्रमुख जिल्ला अधिकारी खगेन्द्र भारतीले जानकारी दिए ।

शुक्रबार दिउँसो एक बजे नुहाउने क्रममा महाकाली नदीस्थित नगतडीबाट बेपत्ता भएका भए पनि प्रहरी र प्रशासनलाई भने बेलुका खबर गरिएको जनाइएको छ ।

किशोरी बेपत्ता भएका खबर पाउनासाथ सुरक्षा निकाय परिचालन गरिएको छ । घटनाबारे बुझ्नका लागि सहायक प्रमुख जिल्ला अधिकारी खगेन्द्र भारतीसमेत घटनास्थलतर्फ गएका छन् ।

प्रकाशित समय : ०८:२१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु