काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

मुक्तिनाथ विकास बैंकको ‘मुक्तिनाथ गज्जब मुद्दती’ योजना सार्वजनिक

8.74K
shares

मुक्तिनाथ विकास बैंकले ‘मुक्तिनाथ गज्जब मुद्दती’ योजना सार्वजनिक गरेको छ । बैंकले निक्षेपकर्ताहरुलाई लाभदायी ब्याजदर प्रदान गर्न न्यूनतम अवधिमा तेब्बर प्रतिफल दिन यो योजना सञ्चालनमा ल्याएको हो ।

यो योजनाअन्तर्गत व्यक्तिगत मुद्दती खातामा ९ वर्ष ४ महिना १८ दिनमा तेब्बर प्रतिफल र व्यक्तिगत रेमिट्यान्स मुद्दतीमा ८ वर्ष ७ महिना २८ दिनमा तेब्बर हुने बैंकले जनाएको छ । त्यस्तै व्यक्तिगत मुद्दती खातामा भने ५ वर्ष १० महिना १८ दिनमा दोब्बर र व्यक्तिगत रेमिट्यान्स मुद्दतीमा ५ वर्ष ५ महिना ६ दिनमा दोब्बर प्रतिफल हुने बैंकले जनाएको छ ।

प्रिपेड डलर कार्ड , मोबाइल बैंकिङ, क्यूआर कोड, अनलाइन कर्जा आवेदन, अनलाइन खाता खोल्ने, इन्टरनेट बैंकिङ, खातामै रेमिट्यान्स जम्मा तथा मिस्डकल बैंकिङजस्ता सेवाहरु बैंकको शाखामा भौतिक रुपमा उपस्थित नभई घरबाटै उपयोग गर्न सकिने बैंकले जनाएको छ ।