काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

एफबीआईको कार्यालयमा हतियारसहित प्रवेशको प्रयास गर्ने एक जना मारिए

8.06K
shares

सिन्सिनाटीस्थित संघीय अनुसन्धान ब्युरो (एफबीआई) को कार्यालयमा प्रवेश गर्न खोज्ने एकजना हतियारधारीको कानुन कार्यान्वयन निकायका अधिकारीहरूसँगको झडपमा मृत्यु भएको छ ।

बिहीबार बिहान हतियार बोकेका एक जनाले एफबीआईको कार्यालयमा जबरजस्ती पस्ने प्रयास गरेको र उसले कार्यालय प्रवेश पूर्वको सुरक्षा प्रक्रिया उल्लंघन गरेपछि केहीबेर भनाभन भएको थियो । सुरक्षा अधिकारीहरूले सम्झाउने प्रयास गर्दा ती हतियारधारीले गोली चलाएपछि जवाफी कारबाहीमा उनको मृत्यु भएको हो । घटनास्थलमा नै ती हतियारधारी संदिग्धकाे ज्यान गएको ओहायोको प्रहरीले जनाएको छ ।

कानुन कार्यान्वयन इकाइका अधिकारीहरूले ती संदिग्धलाई छलफल तथा कम घातक रणनीति अख्तियार गरेर नियन्त्रणमा लिने प्रयास गरेका तर निज त्यहाँबाट भागेको र पुनः पक्राउको प्रयास गर्दा गोली प्रहार गरेकाले सुरक्षाकर्मीहरूको जवाफी कारबाहीमा निजको मृत्यु भएको प्रहरीको भनाइ छ ।

एफबीआईको कार्यालयमा हतियारसहित प्रवेश गर्ने निजको प्रयासमा त्यसको मनसाय के थियो भन्ने स्पष्ट भएको छैन । अधिकारीहरूले त्यसको अनुसन्धान गरिरहेका छन् । यो घटना पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पको फ्लोरिडा पामबिचस्थित निवासमा एफबीआईले छापा मारेको केही दिनपछि भएको हो ।