काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

मानुषी लघुवित्तको खुद नाफामा आकर्षक सुधार

14.74K
shares

मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमासम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ ।

आर्थिक वर्षको असार मसान्तसम्ममा संस्थाले खुद नाफामा आकर्षक सुधार गरेको छ । लघुवित्तले सो अवधिसम्म २ करोड ४० लाख ३६ हजार रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । यो नाफा अघिल्लो आर्थिक वर्षको तुलनामा १०१.९१ प्रतिशतले बढी हो । अघिल्लो आर्थिक वर्षको यसै अवधिसम्म लघुवित्तले १ करोड १९ लाख ४ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।

यस अवधिसम्म लघुवित्तको खुद ब्याज आम्दानी उल्लेख्य बढेसंगै नाफामा पनि सुधार देखिएको हो । अघिल्लो आर्थिक वर्षमाा ७ करोड ५८ लाख रुपैयाँमा सीमित भएको लघुवित्तको यस्तो आम्दानी यस अवधिसम्म २४.०४ प्रतिशतले बढेर ९ करोड ४१ लाख रुपैयाँ पुगेको छ । त्यस्तै, यस अवधिसम्म लघुवित्तले १३ करोड ४६ लाख रुपैयाँ खराब कर्जा उठाउन सफल भएको छ ।

यस्तै, लघुवित्तको प्रतिसेयर आम्दानी २१ रुपैयाँ ९८ पैसा रहेको छ भने प्रतिसेयर नेटवर्थ १५९ रुपैयाँ ४३ पैसा कायम भएको छ ।