global ime bank Long Banner Ad

गृहपृष्ठ नेपाल फोरम अफ साइन्स जर्नालिस्ट्सको अध्यक्षमा पोखरेल

नेपाल फोरम अफ साइन्स जर्नालिस्ट्सको अध्यक्षमा पोखरेल

नेपाल फोरम अफ साइन्स जर्नालिस्ट्सको अध्यक्षमा पोखरेल

विज्ञान पत्रकारितामा क्रियाशील पत्रकारहरुको संस्था नेपाल फोरम अफ साइन्स जर्नालिस्ट्स (एनएफएसजे)को अध्यक्षमा राजन पोखरेल चयन भएका छन् ।

राजधानीमा सम्पन्न एनएफएसजेको नवौं वार्षिक साधारणसभाले पोखरेललाई अध्यक्षमा चयन गरेको हो । करिब दुई दशकदेखि पत्रकारितामा क्रियाशील पोखरेल अंग्रेजी दैनिक दी हिमालयन टाइम्सका एक्टिङ एडिटर हुन् ।

एनएफएसजेको उपाध्यक्ष, सचिव र कोषाध्यक्षमा क्रमशः मधुसुधन गुरागाईं, गोविन्द पोखरेल र बालिका मादेन चुनिएका छन् ।

यसैगरी, सदस्यहरुमा इन्दिरा अर्याल, सोनाम लामा र अरुणा जोशी चयन भएका छन् । एनएफएसजेका निवर्तमान अध्यक्ष राजेन्द्र खनालले नवनिर्वाचित कार्यसमितिलाई बधाईं ज्ञापन गर्दै आगामी दिनमा संस्थाले नयाँ उचाई हासिल गर्ने विश्वास व्यक्त गरे ।

प्रकाशित समय : १०:५९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु