global ime bank Long Banner Ad

गृहपृष्ठ आलोचनापछि एन्फाले तोक्यो दुई लिग प्रतियोगिताको मिति

आलोचनापछि एन्फाले तोक्यो दुई लिग प्रतियोगिताको मिति

आलोचनापछि एन्फाले तोक्यो दुई लिग प्रतियोगिताको मिति

अखिल नेपाल फुटबल संघ (एन्फा)का पदाधिकारीहरू जिम्मेवारीको लोभमा आन्तरिक खिचातानी रुमल्लिएर प्रतियोगिताहरूलाई अनिश्चित बनाएको भन्दै खेलाडीहरूले सामाजिक सन्जालमा आवाज उठाउन थालेपछि एन्फाले सहिद स्मारक ‘ए’ डिभिजन लिग र नेपाल सुपर लिग (एनएसएल)को मिति तोकेको छ ।

एन्फा कार्यसमितिको बिहीबार भएको बैठकपछि महासचिव किरण राईले भने, ‘ए डिभिजन लिग पुस ८ देखि चैत ४ सम्म आयोजना गर्ने निर्णय गरेका छौं । यसलाई विशेष साधारणसभाले अनुमोदन गरेपछि कार्यान्वयनको प्रक्रियामा जानेछौं । ‘बी र ‘सी’ डिभिजन लिगको मिति साधारणसभामै प्रस्ताव गरिनेछ । राष्ट्रिय लिगसहित वार्षिक क्यालेन्डरकै बारोमा छलफल भयो तर निर्णय भएको छैन । एनएसएल आयोजनाका लागि पनि मिति तोकिदिएका छौं ।’

कतारमा विश्वकप फुटबल सकिएको एक साताभित्रै नेपालको मुख्य प्रतियोगिताको मिति तोकिएको हो । विशेष साधारणसभा असोज १२ गते गर्ने निर्णय भएको छ ।

बैठकले सी डिभिजन लिगको छनोट असोज १ देखि ३० गतेसम्म सञ्चालन गर्ने निर्णय गरेको छ ।

प्रकाशित समय : ०९:५२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु