global ime bank Long Banner Ad

गृहपृष्ठ अग्नि ग्रुपले ल्यायोे महिन्द्रा गाडीका लागि ७० प्रतिशतसम्म लगानीको योजना

अग्नि ग्रुपले ल्यायोे महिन्द्रा गाडीका लागि ७० प्रतिशतसम्म लगानीको योजना

अग्नि ग्रुपले ल्यायोे महिन्द्रा गाडीका लागि ७० प्रतिशतसम्म लगानीको योजना

अग्नि इन्कर्पोरेटले आफ्ना महिन्द्रा स्कर्पियो र बोलेरो रेन्जका सवारी साधनमा पहिलोपटक ७० प्रतिशतसम्म फाइनान्सिङ स्किम ल्याएको छ ।

यो योजना ग्राहकहरूलाई राहत दिन र महिन्द्राका गाडीले विगतका वर्षहरूमा देखाएको उद्यमशीलताको भावनालाई सहयोग गर्ने प्रयास भएकाे कम्पनीले जनाएकाे छ । बजारको वर्तमान आर्थिक अवस्थालाई ध्यानमा राख्दै अग्निले व्यवसाय गर्ने योजना बनाइरहेका उद्यमीहरूलाई सहयोग गर्न यस्तो योजना ल्याएको हो ।

अग्नि इन्कर्पोरेटेडले यस योजनाका लागि अग्नि हायर पर्चेजसँग सम्झौता गरेको छ । आफ्ना ग्राहकहरूलाई झन्झटरहित फाइनान्सिङ सेवा प्रदान गर्न र उनीहरूलाई गर्वका साथ महिन्द्रा सवारी साधनका मालिक बन्न सहज तुल्याउने कम्पनीकाे उद्देश्य रहेकाे बताइएकाे छ । ‘हामी एकल प्रक्रिया (वान विन्डो अप्रोच)का साथ हाम्रा ग्राहकहरुका लागि समग्र प्रक्रियालाई सहज र सरल बनाउन चाहन्छौं, त्यसैले हामीले हाम्रो आन्तरिक समूह कम्पनीसँग मिलेर यसमा काम गरेका छौं,’ कम्पनीले भनेको छ, ‘सहज कागजात र प्रक्रियाहरू पूरा गरेर ग्राहकले आवेदन दिएको ७ दिनभित्र कर्जा सुविधा प्राप्त गर्न सक्नेछन् ।’

ब्रान्ड ‘न्यू फोर ह्वीलर्स’का लागि कुल ऋण सीमाअन्तर्गत प्रतिष्ठानहरूका लागि कुल बिल राशिको ७० प्रतिशतसम्म र व्यक्तिगत खरिदकर्ताका लागि कुल ऋण सीमा ५० प्रतिशतसम्म छ । फाइनान्सिङको अधिकतम अवधि ५ वर्षसम्मको हुनेछ र यसका लागि ग्राहकबाट ३० प्रतिशत डाउन पेमेन्ट आवश्यक पर्नेछ । यो योजनामा मासिक किस्ताबन्दी (ईएमआई) सुविधा हुनेछ, जसको उद्देश्य ग्राहकहरूको भार कम पार्नु हो ।

यो योजना नेपालभर लागू हुनेछ र केही नियम तथा शर्तहरू लागू हुने कम्पनीले जनाएकाे छ ।

प्रकाशित समय : ०९:५१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु