global ime bank Long Banner Ad

गृहपृष्ठ एकैदिन ८६८ जनामा कोरोना संक्रमण पुष्टि, ३ जनाको मृत्यु

एकैदिन ८६८ जनामा कोरोना संक्रमण पुष्टि, ३ जनाको मृत्यु

एकैदिन ८६८ जनामा कोरोना संक्रमण पुष्टि, ३ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा नेपालमा थप ८ सय ६८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ६ हजार ७ सय ५ नमुना परीक्षण गरिएकामध्ये ३ हजार ६ सय १४ जनामा गरिएको आरटी पीसीआर परीक्षणमा ४ सय ९६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । साथै ३ हजार ९१ जनामा गरिएको एन्टिजेन परीक्षणमा ३ सय ७२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

बुधबार कोरोना संक्रमणबाट तीन जनाको ज्यान गएको छ । योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ९ सय ७७ जना पुगेको छ ।

मन्त्रालयका अनुसार बुधबार थप ४ सय १४ जना कोरोनामुक्त भएका छन् । हालसम्म ९ लाख ७३ हजार ८ सय १९ जनाले कोरोनालाई जितेका छन् । निको हुने दर ९८.२ प्रतिशत छ ।

नेपालमा हाल सक्रिय कोरोना संक्रमितको संख्या ५ हजार ८ सय ८५ जना पुगेको छ । संक्रमितमध्ये ५ हजार ६ सय ७१ जना होम आइसोलेसनमा र २ सय १४ जना संस्थागत आइसोलेसनमा, ६४ जना आइसीयूमा र ७ जना भेन्टिलेटरमा उपचाररत छन् ।

प्रकाशित समय : १७:५५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु