global ime bank Long Banner Ad

गृहपृष्ठ कुमारी बैंक र होटेल शिरीष प्रालिबीच सम्झौता

कुमारी बैंक र होटेल शिरीष प्रालिबीच सम्झौता

कुमारी बैंक र होटेल शिरीष प्रालिबीच सम्झौता

कुमारी बैंक लिमिटेड र कपुरकोट नगरपालिका–३, सल्यानस्थित होटेल शिरीषबीच सेवाहरूमा छुटसम्बन्धी सम्झौता भएको छ ।

डिजिटल कारोबारमा ग्राहकहरू आकर्षित भाइरहेको कुरालाई मध्यनजर गर्दै आफ्नो डिजिटल कारोबारमा ग्राहकलाई प्रोत्साहन गर्नका निमित्त कुमारी बैंकले यस सहकार्य मार्फत् होटेल शिरीषका विभिन्न सेवाहरूमा आकर्षक छुटको प्रावधान गरेको हो । बैंकका डेबिट÷क्रेडिट कार्डवाहकहरूले उक्त होटेलको सुविधा शुल्कमा १५प्रतिशतसम्मको छुट प्राप्त गर्न सक्ने छन् ।

कुमारी बैंकले आफ्ना देशव्यापी १९७ शाखा, १९१ एटीएम, ४८ शाखारहित बैंकिङ इकाई तथा २४ एक्सटेन्सन काउन्टरबाट सेवा प्रदान गर्दै आएको छ ।

प्रकाशित समय : १८:१२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु