गृहपृष्ठ बजेट भाषण अनुसार नै तलब वृद्धि गर्ने अर्थमन्त्रीको आश्वासन
बजेट भाषण अनुसार नै तलब वृद्धि गर्ने अर्थमन्त्रीको आश्वासन
अर्थमन्त्री जनार्दन शर्माले बजेटमा गरिएको घोषणा अनुसार नै कर्मचारीहरुको तलबमान लागू हुने बताएका छन् ।
बजेट घोषणा विपरीत कर्मचारीहरुको तलब असमान ढंगले वृद्धि गरिएको भन्दै आन्दोलित कर्मचारीहरुका नेताहरुले सोमबार अर्थमन्त्रीलाई शर्मालाई भेटेर सच्याउन दबाव दिएका थिए । उनीहरुसँगको भेटमा मन्त्री शर्माले तत्कालको लागि बजेट भाषण अनुसार नै तलब वृद्धि गर्ने बताएको नेपाल निजामती कर्मचारी युनियनका अध्यक्ष गोपाल पोखरेलले जानकारी दिए ।
५ कर्मचारी संगठनका अध्यक्षहरुसँगको भेटमा अर्थमन्त्री जनार्दन शर्माले तत्काल बजेट घोषणा अनुसार नै १५ प्रतिशत तलब वृद्धि लागु गर्ने र ‘पे कमिसन’ गठन गर्ने प्रतिबद्धता व्यक्त गरे ।
अर्थमन्त्री शर्माले गत जेठ १५ गते संसदमा प्रस्तुत गरेको आर्थिक वर्ष २०७९/८० को बजेटमा सबै राष्ट्र सेवक कर्मचारीहरुको तलब १५ प्रतिशत वृद्धि गर्ने उल्लेख थियो । तर साउन १ गतेदेखि लागु हुने कर्मचारीहरुको नयाँ तलबमान १५ देखि २४ प्रतिशतसम्म वृद्धि गरेर सार्वजनिक भएको छ ।
प्रकाशित समय : ०६:५६ बजे



















