global ime bank Long Banner Ad

गृहपृष्ठ आजको मौसम : यी क्षेत्रमा पानी पर्ने सम्भावना

आजको मौसम : यी क्षेत्रमा पानी पर्ने सम्भावना

आजको मौसम : यी क्षेत्रमा पानी पर्ने सम्भावना

आज बिहान सुदूरपश्चिम, कर्णाली, गण्डकी र वागमतीका केही जिल्लामा वर्षा भइरहेको छ ।

दिउँसो देशभर बदली रहनेछ । पहाडी भूभागका केही र बाँकी भूभागका थोरै स्थानमा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

राति गण्डकी, कर्णाली र सुदूरपश्चिमका थोरै स्थान र बाँकी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको अनुमान गरिएको छ ।

अबको २४ घण्टा देशका पहाडी भू-भागका केही स्थानमा मेघ गर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा दक्षिणमा अवस्थित छ ।

प्रकाशित समय : ०६:४३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु