४४.२१ प्रतिशतले बढ्यो महालक्ष्मी विकास बैंकको खुद नाफा
वि.सं.२०७९ साउन २२ आइतवार १५:५२
shares

महालक्ष्मी विकास बैंकको गत आर्थिक वर्षको चौथो त्रैमासमा खुद नाफा ४४.२१ प्रतिशतले बढेको छ । बैंकको खुद नाफा ४४.२१ प्रतिशतले बढेर ९५ करोड १९ लाख रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष बैंकले ६६ करोड ९९ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।
यस्तै बैंकको वितरणयोग्य नाफा भने ३.९५ प्रतिशतले बढेर ५८ करोड ६१ लाख रुपैयाँ पुगेको छ । बैंकको निक्षेप संकलन र कर्जा लगानी क्रमशः ९.५३ प्रतिशतले र १६.२६ प्रतिशतले बढेको छ ।
महालक्ष्मीको प्रतिसेयर आम्दानी ३ रुपैयाँ ९८ पैसाले बढेर २३ रुपैयाँ ७३ पैसा कायम भएको छ भने यसको प्रतिसेयर नेटवर्थ १६० रुपैयाँ ९ पैसा रहेको छ ।
























