काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

कामना सेवा विकास बैंकको खुद नाफामा सामान्य वृद्धि

8.13K
shares

गत आर्थिक वर्षको चौथो त्रैमाससम्म आइपुग्दा कामना सेवा विकास बैंकको नाफामा सामान्य वृद्धि भएको छ ।

यसअवधिमा खुद नाफा ५.४८ प्रतिशतले बढेर ६३ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको यसैअवधिमा यसले ५९ करोड ८१ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

यस्तै, बैंकको खुद ब्याज आम्दानी २७.२० प्रतिशत र सञ्चालन नाफा ४.७७ प्रतिशतले बढेको छ । यसको खराब कर्जा १.५० प्रतिशतबाट बढेर २.४५ प्रतिशत भएको छ । यसको प्रतिसेयर आम्दानी ६ रुपैयाँ ३२ पैसाले घटेर २० रुपैयाँ ०८ पैसा कायम भएको छ भने यसको प्रतिसेयर नेटवर्थ १४० रुपैयाँ ०३ पैसा रहेको छ ।