गृहपृष्ठ डिशहोममा १ वर्षको रिचार्ज गर्दा तमाङले जिते एक लाख

डिशहोममा १ वर्षको रिचार्ज गर्दा तमाङले जिते एक लाख

डिशहोममा १ वर्षको रिचार्ज गर्दा तमाङले जिते एक लाख

डिशहोमको नयाँ योजना सार्वजनिक भएको छ । अब १ वर्षको रिचार्ज गर्दा २४ महिना डिशहोम हेर्न पाईने भएको छ ।

यो योजना अन्तर्गत डिशहोम डीटीएचका ग्राहकहरुले नजिकैको डिलरदाईकोमा गएर फण्ड ट्रान्सफरमार्फत १ बर्षको रिचार्ज गर्दा यो अफरमा सहभागी हुन पाउने छन् । साथै यो अफर अन्तर्गत रिचार्ज गर्ने मध्ये हरेक हप्ता एक जना भाग्यशाली ग्राहकले लक्की ड्र मार्फत नगद एक लाख जित्ने अवसर पाउनेछन् ।

यसै क्रममा तामाकोशी गा पा २, डाडाँगाउँका कुल बहादुर घिसिङ तमाङले एक लाख जितेका छन् । श्याम इलेक्ट्रोनिक्स ईलेक्ट्रिक डिलर अन्तर्गत रहेको JDOL1-9 का रविन्द्र इलेक्ट्रोनिक्सका डिलर दाईकोमा एक वर्ष रिचार्ज गरेर कुल बहादुरले लक्कि ड्रमा सहभागी हुने अवसर पाएका थिए ।

लक्कि ड्र को प्रत्यक्ष प्रशारण हरेक हप्ता सोमबार साँझ ५ बजे डिशहोम रियालिटी टीभी, रमाईलो एचडी, सरोकार टीभी, नेपाः च्यानल, र डिशहोम सोकेसमा हेर्न सकिनेछ ।

प्रकाशित समय : १५:१० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु