काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

४.८६ प्रतिशतले बढ्यो ज्योति विकास बैंकको खुद नाफा, अन्य अवस्था कस्तो ?

10.88K
shares

गत आर्थिक वर्षको चौथो त्रैमासमा ज्योति विकास बैंकको खुद नाफामा सामान्य वृद्धि भएको छ ।

बैंकको खुद नाफा ४.८६ प्रतिशतले बढेर ७० करोड १५ लाख रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको यसै अवधिमा बैंकले ६६ करोड ३८ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

यस्तै, बैंकको खुद ब्याज आम्दानी २३.२३ प्रतिशतले र सञ्चालन नाफा ५.५० प्रतिशतले बढेको छ । बैंकको प्रतिसेयर आम्दानी २ रुपैयाँ ८५ पैसाले घटेर १६ रुपैयाँ ४४ पैसा (वार्षिक) कायम भएको छ भने प्रतिसेयर नेटवर्थ १३२ रुपैयाँ ७३ पैसा रहेको छ ।