वातावरण र गाउँठाउँ हरित बनाउन मन्त्री यादवको आग्रह
वि.सं.२०७९ साउन २२ आइतवार १२:३६
shares

वन तथा वातावरणमन्त्री प्रदीप यादवले वृक्षरोपण गरेर वातावरण र आफ्नो गाउँठाउँ हरित बनाउन आग्रह गरेका छन् ।
आज पर्सा जिल्लाको वीरगञ्ज महानगरपालिका–१० स्थित बालमन्दिर प्रांगणमा ‘राउण्ड टेबल नेपाल’ द्वारा आयोजित वृक्षरोपण कार्यक्रममा मन्त्री यादवले वृक्षरोपण गरेर वातावरण र आफ्नो गाउँठाउँ हरित बनाउनुपर्ने बताएका हुन् ।
मन्त्री यादव भन्छन्, ‘वृक्षरोपण सबैको साझा अभियान हुनुपर्छ, वृक्षरोपण गरेर आफ्नो गाउँठाउँ हरियाली बनाउन म आग्रह गर्दछु ।’ यसैगरी मन्त्री यादवले राउण्ड टेबल नेपाल संस्थाका युवाको कामको प्रशंसा गर्दै भने, ‘वनजंगल जोगाउन तथा हरियाली बनाउनमा युवाको भूमिका उल्लेख्य छ, युवा अग्रसर भए मात्र हाम्रो देश पनि हरियाली हुनेछ र जंगल जोगिनेछ ।’
उक्त कार्यक्रममा मन्त्री यादवसहित वीरगञ्ज महानगरपालिकाका राजेशमान सिंहलगायतले वृक्षरोपण गरेका मन्त्री यादवका प्रेस संयोजक विमलबहादुर विष्टले जानकारी दिए ।

























