nmb bank

गृहपृष्ठ राष्ट्रपतिबाट कांग्रेस नेता गिरीको स्वास्थ्यस्थितिबारे चासो

राष्ट्रपतिबाट कांग्रेस नेता गिरीको स्वास्थ्यस्थितिबारे चासो

राष्ट्रपतिबाट कांग्रेस नेता गिरीको स्वास्थ्यस्थितिबारे चासो

राष्ट्रपति विद्यादेवी भण्डारीले उपचाररत नेपाली कांग्रेसका नेता प्रदीप गिरीको स्वास्थ्य अवस्थाबारे चासो व्यक्त गरेकी छन् ।

गिरीको हाल ललितपुरको मेडिसिटी अस्पतालमा उपचार भइरहेको छ । राष्ट्रपतिका तर्फबाट उनका प्रेसविज्ञ टिका ढकाल आइतबार बिहान मेडिसिटी अस्पताल पुगेर गिरीको स्वास्थ्यबारे जानकारी लिएका हुन् ।

राष्ट्रपतिले नेता गिरीको स्वास्थ्य अवस्थाबारे पहिलेदेखि नै चासो व्यक्त गर्दै आइरकेको प्रेस विज्ञ ढकालले बताए ।

निमोनिया देखिएपछि कांग्रेस नेता गिरी साउन पहिलो साता मेडिसिटीमा भर्ना भएका थिए ।

घाँटीको क्यान्सर भएपछि लामो समय भारतको मुम्बइमा उपचार गराएर उनी साउन पहिलो साता स्वदेश फर्किएका थिए ।

प्रकाशित समय : १२:३० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु