काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

९.८३ प्रतिशतले बढ्यो नबिल बैंकको खुद नाफा, अन्यको अवस्था कस्तो ?

7.5K
shares

गत आर्थिक वर्षको चौथो त्रैमासमा नबिल बैंकको खुद नाफा ९.८३ प्रतिशतले बढेको छ ।

बैंकले ४ अर्ब ९७ करोड रुपैयाँ खुद नाफा कमाउन सफल भएको छ । यो नाफा अघिल्लो वर्षको भन्दा ९.८३ प्रतिशतले धेरै हो । गत वर्ष यसले ४ अर्ब ५२ करोड रुपैयाँ नाफा कमाएको थियो । असारसम्म आइपुग्दा नबिलको खुद ब्याज आम्दानी १६.७९ प्रतिशतले र सञ्चालन नाफा १३.९८ प्रतिशतले बढेको छ ।

यता, बैंकको खुद नाफामा सुधार भएपनि चुक्ता पुँजी झन धेरै बढेपछि प्रतिसेयर आम्दानी घटेको देखिन्छ भने रिजर्भ कोष ६८.११ प्रतिशतले बढेर २६ अर्ब ३७ करोड रुपैयाँ भन्दा बढी भएको छ । यस्तै बैंकको प्रतिसेयर आम्दानी ६ रुपैयाँ ५२ पैसाले घटेर २६ रुपैयाँ ८८ पैसामा आएको छ ।