काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

कारोबार रकमसँगै घट्यो सेयर बजार

8.53K
shares

सेयर बजारमा करेक्सन आज पनि जारी रह्यो । सेयर कारोबारको अन्तिम दिन शुक्रबार नेप्से परिसूचक ३४.६१ अंकले घटेर २११३.५५ बिन्दुमा अडिएको छ ।

नेप्से दोहोरो अंकले ओरालो लागेसँगै कारोबार रकम पनि घटेको छ । आज कुल २ अर्ब ६२ करोड रूपैयाँको सेयर कारोबार भयो । बिहीबार ३ अर्ब ७६ करोड ८० लाख ७९ हजार १७३ रूपैयाँमा सेयर खरिदब्रिकी भएको थियो ।

शुक्रबार २१३ कम्पनीको ६४ लाख १६ हजार ६२९ कित्ता सेयर २ अर्ब ६२ करोड ६१ लाख ५४ हजार ९४८ रूपैयाँमा कारोबार भयो ।

कारोबार रकमका आधारमा शिवम् सिमेन्ट्स शीर्ष स्थानमा रह्यो । सो कम्पनीको १५ करोड बढीको सेयर कारोबार भयो ।

कारोबारमा आएका १३ समूहमध्ये १२ वटाको सूचक घट्यो भने एकको मात्रै बढ्यो । यसदिन फाइनान्स समूहको सूचक सर्वाधिक ३.४ प्रतिशतले घट्यो । राताम्मे भएको सेयर बजारमा म्युचुअल फण्डको मात्रै सूचक बढेको हो । सो समूहको सूचक ०.८९ प्रतिशतले बढ्यो ।