काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

श्री एयरलाइन्सको जहाज नेपालगञ्जमा आपतकालीन अवतरण

10.04K
shares

नेपालगञ्ज विमानस्थलमा आज श्री एयरलाइन्सको जहाज आकस्मिक रुपमा अवतरण भएको छ । जहाजमा धुँवा देखिएपछि जहाज उडेको ६ मिनेटमा नै आकस्मिक अवतरण भएको श्री एयरलाइन्स, नेपालगञ्ज स्टेसन प्रमुख पर्शुराम चौधरीले जानकारी दिए ।

उनका अनुसार नेपालगञ्जबाट काठमाडौँतर्फ जान लागेको ९ एन- एएनएफ ४३२ नम्बरको श्री एयरलाइन्सको जहाजको आकस्मिक अवतरण भएको हो । सो जहाजमा ७९ जना यात्रु सवार रहेको र सबै सकुशल रहेको प्रमुख चौधरीले बताए । ‘काठमाठौँबाट इञ्जिनियरको टोली आएर त्यसको विस्तृत अनुसन्धानपछि कारण पत्ता लाग्न सक्छ’ चौधरीले भने ।

विमानस्थल कार्यालयका अनुसार जहाजको अवतरणका क्रममा ‘फूल इमर्जेन्सी’ व्यवस्था गरिएको थियो । जहाज सुरक्षित अवतरण भएको र विमानको प्राविधिक जाँच सुरू भएको बताइएको छ ।