काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

जीवन विकास लघुवित्तको खुद नाफा १३.४० प्रतिशतले बढ्यो

9.3K
shares

जीवन विकास लघुवित्तको खुद नाफा १३.४० प्रतिशतले बढेको छ । गत आर्थिक वर्षको चौथो त्रैमासको अन्त्यसम्ममा लघुवित्तको खुद नाफा ७८ करोड १९ लाख ३७ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष लघुवित्तले ६८ करोड ९५ लाख ५८ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।

यस्तै लघुवित्तको खुद ब्याज आम्दानी १२.५० प्रतिशतले बढेर १ अर्ब ५९ करोड ३८ लाख रुपैयाँ पुगेको छ । सञ्चालन नाफा ११२.९६ प्रतिशतले बढेर ८१ करोड ७२ लाख रुपैयाँ पुगेको छ ।

लघुवित्तको प्रतिसेयर आम्दानी ३७ रुपैयाँ ७४ पैसाले घटेर ७५ रुपैयाँ ६० पैसामा आएको छ भने प्रतिसेयर नेटवर्थ पनि ४५ रुपैयाँ ७१ पैसाले घटेर २६९ रुपैयाँ ८१ पैसा भएको छ ।