गृहपृष्ठ बस्तीमा पस्यो सप्तकोसीको बाढी
बस्तीमा पस्यो सप्तकोसीको बाढी

झन्डै दुई महिनायता पश्चिम धार कटान गर्दै आएको सप्तकोसी आज बिहान ४ बजे उदयपुरको बेलका नगरपालिका-८ डुम्रिबोटेबाट पश्चिमतर्फ पसेको छ । पूर्वी पहाडमा लगातारको वर्षातसँगै कोसी नदीमा आएको बाढीले पछिल्लो समय कटान तीव्र पारेसँगै पश्चिम तटीय क्षेत्रका बस्तीमा बाढी पसेको हो ।
आज बिहान ४ बजेदेखि एउटा भंगालो बस्तीमा पसेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ ।
नदी बस्तीमा पसेपछि एक हजार बढी घरपरिवारका करिब २० हजार नागरिक प्रभावित हुनसक्ने वेलका नगरपालिकाका मेयर अशोक कार्कीले बताए । उनका अनुसार वेलकाका वडानम्बर १, २, ३, ८ र ९ साथ साथै सुनसरीको बराह क्षेत्र नगरपालिकाका केही वडाहरू प्रभावित हुनेछन् ।
प्रकाशित समय : १०:०५ बजे