गृहपृष्ठ थप ८१४ जनामा कोरोना संक्रमण पुष्टि
थप ८१४ जनामा कोरोना संक्रमण पुष्टि
पछिल्लो २४ घण्टामा नेपालमा थप ८ सय १४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ५ हजार ४ सय १५ नमुना परीक्षण गरिएकामध्ये २ हजार ७ सय ६२ जनामा गरिएको आरटी पीसीआर परीक्षणमा ५०९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । साथै २ हजार ६ सय ५३ जनामा गरिएको एन्टिजेन परीक्षणमा ३ सय ५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
मंगलबार कोरोना संक्रमणबाट कसैको पनि ज्यान गएको छ । हालसम्म कोरोना संक्रमणबाट ११ हजार ९ सय ६८ जनाको मृत्यु भएको छ ।
मन्त्रालयका अनुसार मंगलबार थप २ सय ९९ जना कोरोनामुक्त भएका छन् । हालसम्म ९ लाख ७० हजार ६ सय २५ जनाले कोरोनालाई जितेका छन् । निको हुने दर ९८.३ प्रतिशत छ ।
नेपालमा हाल सक्रिय कोरोना संक्रमितको संख्या ५ हजार १ सय ४४ जना पुगेको छ । संक्रमितमध्ये ४ हजार ९ सय ८५ जना होम आइसोलेसनमा र १ सय ५९ जना संस्थागत आइसोलेसनमा, ३८ जना आइसीयू र ५ जना भेन्टिलेटरमा उपचाररत छन् ।
प्रकाशित समय : १७:३० बजे

















